अत्तरियामा रहेको स्प्रुुजु कम्पनीको पानीको बोतलभित्र लेउ भेटियो

धनगढी- कैलालीमा रहेको स्प्रुजु कम्पनीको सिल प्याक पानीको बोतलमा लेउ भेटिएको छ । जिल्लाको अत्तरिया–महेन्द्रनगर रोडमा रहेको सम्झना होटल एण्ड जि।बि नास्ता पसलमा बिक्रिका लागि सिल प्याक गरेर राखिएको उक्त कम्पनीको पानीको बोतलमा लेउ भेटिएको हो ।

अत्तरिया उद्योग वाणिज्य संघका कोषाध्यक्ष हेम भण्डारीले नास्ता गर्ने क्रममा पानीमा लेउ रहेको थाहा पाएको बताएका छन् । उनले म्याद कायम रहेको उक्त कम्पनीका दुई ओटा सिल प्याक पानीका बोतलहरुमा लेउ भेटिएको बताए । होटल सञ्चालक धन बहादुर साउँदले पानीमा लेउ भेटिएको विषयमा कम्पनीका मानिसलाई जानकारी गराउदा पनि मतलब नगरिएको बताए ।

Navadurga sun

उनले पानी बेच्न आउने कम्पनीका प्रतिनिधिमार्फत पानीमा देखिएको समस्याका बारेमा जानकारी गराएको ४ दिन बितिसक्दा पनि समस्यातिर ध्यान नदिएको बताए । उक्त कम्पनीका पानीका बोतलहरुमा यस अघि पनि विभिन्न समस्याहरु देखिदै आएका छन । धनगढीमा दुई वर्ष अगाडी पनि सोही कम्पनीको पानीको बोतलमा किरा भेटिएको थियो ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...