कैलालीमा मोटरसाइकल गाइसँग ठोक्किँदा एक जनाको मृत्यु

धनगढी- कैलालीमा मोटरसाइकल गाइसँग ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर ४ सिमथरीका मदे तिरुवाको मोटरसाइकल गाइसँग ठोक्किँदा मृत्यु भएको हो।

उनी सवार से ४ प ४७५० नम्बरको मोटरसाइकल मंगलवार राति जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडस्थित दोदा नदीको पुलमा गाइसँग ठोकिएको थियो।

Navadurga sun

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतको प्रदेश आपतकालिन कार्य सञ्चालन केन्द्रले उनको बुधवार बिहान धनगढीको स्वस्तिक अस्पतालमा मृत्यु भएको बताएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...