डडेल्धुरामा एक बालिका मृत फेला

डडेल्धुरा- डडेल्धुरामा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको परशुराम नगरपालिका–१२ आमपानी बस्ने १४ वर्षीया अमृता राउटे बुधबार बिहान मृत फेला परेकी हुन्।

उनी रंगुन नदीको किनाराको तटबन्धमा मृत फेला परेकी हुन्। हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेरसम्म घर नआएपछि उनको खोजी गरिएको थियो।

Navadurga sun

खोजीकै क्रममा उनमो शव आज बिहान फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्। बालिकाको कपडा भिजेको र मुखबाट फिज आएको उनले बताए। घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...