स्याउ पाक्ने बेलामा बाटो बन्द

बाजुरा- बाजुराको हिमाली क्षेत्र जगानाथ, बुढीनन्दा र स्वामिकार्तिकलगायतका अधिकांश ठाउँका स्याउ पाक्ने समय भएको छ। स्याउ पाक्ने बेला सडक अवरुद्ध हुँदा समस्या भएको छ। गाउँमा स्याउ पाक्ने बेला भयो तर बजारसम्म लैजाने बाटो बन्द भएपछि कसरी बिक्री गर्ने चिन्ता लागेको कृषक कर्चेन थापा भोटले बताए ।

प्रत्येक वर्ष बर्खाको समय बाटो बन्द हुन्छ, गाउँमा स्याउ पाक्न सुरु हुन्छ। अनि ती स्याउ बजारसम्म लिएर बिक्री गर्न निकै समस्या हुने गरेको उनको भनाइ छ।

Navadurga sun

हिमाली, स्वामिकार्तिक, जगनाथ र बुढीनन्दालगायतका किसानको भदौको दोस्रो सातामा नै बारीमा स्याउ पाक्न सुरु हुन्छ। तर, नजिकमा बजार नभएकाले बिक्री गर्न तराई बजार क्षेत्रमा लैजानुपर्ने हुन्छ।

स्वामिकार्तिक गाउँपालिका–१, बाहुनीका स्याउ किसान सटल विकले भने, गाउँनजिक बजार छैन, टाढा लैजाउँ भने पनि बाटो बन्द छ र अहिलेसम्म सडक सञ्चालनमा छैनन्, भरियाद्वारा ढुवानी गरेर बिक्री गर्न लैजाउँ भने स्याउको मूल्य बढी लगाउँदा बिक्रीमा नै समस्या हुन्छ।

मार्तडी कोल्टी सडकको बिचबिचमा गएको पहिरोले बाटो अवरुद्ध भएको छ। यो बाटो समयमै सञ्चालन भएन भने जिल्लाको पूर्वीउत्तर क्षेत्रका स्याउ बेच्न किसानलाई निकै समस्या हुने देखिन्छ।

अघिल्लो वर्ष स्वामिकार्तिक खापर गाउँपालिकादेखि पिलिचौर, जगनाथ गाउँपालिकादेखि पिलिचौर जुड्डी र बुढीनन्दा नगरपालिकाको पाण्डुसैनदेखि मार्तडीसम्म स्याउ ढुवानीका लागि कृषि ज्ञान केन्द्र बाजुराले अनुदानको व्यवस्था गरेको थियो।

मार्तडी–धनगढी सडक नखुले कर्णाली राजमार्गसमेत प्रयोग गर्ने सोच बनाएका छौँ, कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकारी मीनप्रसाद जैसीले बताउनुभयो। उहाँका अनुसार स्याउको ढुवानीका लागि तीन लाख रुपियाँ छुट्याइएको छ।

बाजुरामा १७० हेक्टर जमिनमा झन्डै एक हजार २० मेट्रिक टन स्याउ उत्पादन हुन्छ। यो वर्षमा पनि त्यसको दुई प्रतिशत कमीले स्याउ उत्पादन हुने आकलन रहेको सूचना अधिकारी जैसीले बताए । फुजी, गाला र गोल्डेन जातको स्याउ उत्पादन हुने गरेको छ। गोरखापत्रबाट

ADD Khali jpg
ADD Khali jpg
Loading...