डडेल्धुराको जोगबुढामा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने

डडेल्धुरा- डडेल्धुराको जोगबुढामा नापी र मालपोत कार्यालय सञ्चालनमा आउने भएको छ । सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै जोगबुढामा पनि नापी र मालपोतको कार्यालय सञ्चालनमा आउन लागेको मालपोत कार्यालय डडेल्धुराका प्रमुख प्रेम धामीले बताए ।

Ganyapdhura gau
Dadhaldhura pur

उनका अनुसार अहिले कार्यालय तयार भइसकेको र केही आवश्यक सामानहरू राख्न बाँकी रहेकाले भदौको पहिलो साताबाट सञ्चालनमा आउने बताए । अहिले डडेल्धुराको सदरमुकामबाट सेवाग्राहीले सेवा लिइरहेका छन् ।

Navadurga sun
Godawari sandesh

अब जोगबुढामा पनि कार्यालय सञ्चालनमा आए दुई पालिका परशुराम र आलीताल गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ ।

Couple
Loading...