कैलालीमा फेला पर्‍यो चित्तलको बच्चा

धनगढी-  कैलालीमा चित्तलको बच्चा फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ स्थित शिवनगर टोलमा अन्दाजी ६ महिनाको चित्तलको बच्चा फेला परेको हो। गोदावरी नगरपालिका–४ शिवनगर टोलका देवराज भट्टको कुकुरले शुक्रवार राति जङ्गलबाट चित्तलको बच्चा लखेटेर ल्याएको स्थानीयले बताएका छन्।

स्थानीयले प्रहरीलाई सो बारे खबर गरेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले चित्तलको बच्चाको उद्धार गरेको छ। चित्तलको बच्चा सब डिभिजन वन कार्यालय अत्तरियालाई बुझाइने बताइएको छ।

 

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...