भजनीका विस्थापितको जनजीवन कष्टकर

धनगढी- बाढीका कारण विस्थापितहरूको जनजीवन कष्टकर बन्दै गएको छ। पेटभर खान नपाउँदा तथा उचित बासको व्यवस्था नहुँदा जनजीवन कष्टकर बनेको हो। अन्नबाली जोगाउन र सुरक्षित स्थानमा ल्याउन नसकेका कतिपय विस्थापित चाउचाउको भरमा गुजारा गर्न बाध्य छन्। भजनी नगरपालिकाका विस्थापितलाई छाक टार्न समस्या भएको छ।

नगरपालिकाले खाद्य तथा गैरखाद्य सामग्री सहयोगका लागि सरकारी, गैरसरकारी सङ्घ संस्था, निजी क्षेत्र, सहकारी र नागरिक समाजलाई अपिल गरेको छ।

Navadurga sun

बाढीका कारण सो नगरपालिकामा सबैभन्दा बढी मानिस विस्थापित छन्। उनीहरूमध्ये केही व्यक्ति विद्यालय र सुरक्षित भवनमा बसेका छन् भने धेरै जसो हुलाकी सडकमा पुगेका छन्। विस्थापितहरूलाई अहिलेसम्म पानीबाहेक नगरपालिकाबाट केही पनि दिन नसकिएको नगर प्रवक्ता विक्रम चौधरीले बताए ।

बाढीका कारण दुई हजार ३४२ घरपरिवार प्रभावित भएकोमा एक हजार २४ परिवार विस्थापित भएको नगरपालिकाले जनाएको छ। जसमध्ये सबैभन्दा बढी वडा नम्बर ३ र ८ का स्थानीय रहेको नगरपालिकाका विपत् व्यवस्थापन शाखाका अधिकृत विष्णुराज न्यौपानेले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...