कैलालीको गोदावरी पुलमा टिकटक र फोटो खिच्न प्रतिबन्ध

कैलाली- कैलालीको गोदावरी पुलमा टिकटक बनाउन र फोटो खिच्न प्रतिबन्ध लगाइएको छ। अविरल वर्षासँगै आएको बाढीले पुलको जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिम अवस्थामा पुगेकोले प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

ईलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गणेश बरालले मंगलवार निरीक्षण गर्न पुगेका कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुख तथा प्रतिनिधिहरूले पुल धरापमा रहेको भन्दै प्रवेशमा रोक लगाउन भनेको बताए।

Navadurga sun

तर, त्यसपछि पनि पुलमा सयौँ युवायुवतीहरूको घुइँचो लाग्यो। पुल जति बेला पनि भत्किन सक्ने अवस्थामा पुगेको उनको भनाई छ। सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्ला जोड्ने काठे पुल जीर्ण भएपछि नयाँ मोटरेवल पुल निर्माण गरिएको थियो।

सवारी चलाउन निषेध गरिएको उक्त पुलमा रङ रोगन गरेपछि पछिल्लो समय फोटो खिच्ने र टिकटक बनाउनेहरूको रोजाइमा परेको थियो। अहिले सो जग रहेको क्षेत्र कटान गरेपछि पुल जोखिममा परेको छ।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...