भीमदत्त राजमार्गमा फेरि पहिरो खस्यो, सडक तीन दिनदेखि अवरुद्ध

धनगढी- सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग तीन दिनदेखि अवरुद्ध छ। सडक डिभिजन कार्यालय कञ्चनपुरले पाँचवटा डोजर लगाएर दुई दिनदेखि पहिरो पन्छाउने काम गरिरहेका वेला बुधबार फेरि पहिरो गएको छ।

दुई दिन लगाएर पहिरो पन्छाएको केही ठाउँमा बुधबार साँझ पुनः पहिरो गएको सडक डिभिजन कार्यालय कञ्चनपुरका इन्जिनियर पीयूष चटौतले बताए।

Navadurga sun

कैलालीको गोदावरी र बुढीतोलामा पहिरोले करिब चार सय मिटर सडकमा क्षति पुगेको छ। त्यसमध्ये करिब सय मिटर सडक बगेको छ भने केही ठाउँमा सडक धसेको र चर्केको छ।

करिब सय मिटर सडक पहिरोमा बगेर पूर्ण रूपमा ध्वस्त भएकाले उक्त ठाउँमा ट्र्याक खोलेर यातायात सञ्चालन गर्न समस्या भइरहेको उनले बताए।

पानी रोकिए र पुनः ठूलो पहिरो नगए बिहीबार साँझसम्म हलुका सवारीसाधन एकतर्फी रूपमा सञ्चालन गर्न सकिने आकलन डिभिजनले गरेको छ। पहिरोका कारण तराईसँग सुदूरपश्चिमका सात पहाडी जिल्लाको यातायात सेवा अवरुद्ध छ। सुदूरपश्चिमका पहाडी जिल्लालाई तराईसँग जोड्ने यो एक मात्र राजमार्ग हो ।

ADD Khali jpg
ADD Khali jpg
Loading...