कैलालीमा चेक बाउन्सको आरोपमा एमाले नेता पक्राउ

धनगढी- कैलालीमा ६० लाखको चेक बाउन्सको आरोपमा एमाले नेता पक्राउ परेका छन्। कैलालीमा चेक बाउन्सको आरोपमा गोदावरी–१२ का नेकपा एमालेका नेता नन्दबहादुर कामी पक्राउ परेको प्रहरीले जनाएको छ। उनी माथि प्रहरीले अनुसन्धान सुरु गरेको छ।

चेक बाउन्सको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो। जमिन खरिद गरेर ६० लाख को चेक उनले चुरे –३ का विमलकुमार साउँदलाई दिएका थिए।

Navadurga sun

तर बिकको नाममा रहेको खातामा पैसा नभएपछि साउँदले प्रहरीमा जेठ १८ गते उजुरी दिएका थिए। उनलाई प्रहरीले श्रावण २१ गते पक्राउ गरेको थियो। सो बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...