बाढीले क्षतिग्रस्त गोदावरी धाममा सेनाले गर्‍यो सरसफाइ

धनगढी– अविरल वर्षासँगैको बाढीले क्षति पुर्‍याएको कैलालीको गोदावरी धाममा नेपाली सेनाले सरसफाइ गरेको छ। साउन २२ र २३ गतेको वर्षासँगै आएको बाढीले गोदाबरी धाम क्षेत्रमा क्षति पुर्‍याएको थियो।

बाढीले गोदाबरी धाम क्षेत्रका मन्दिरहरुमा बालुवा, माटो र ढुङ्गामुढा जम्मा गरेको थियो। यस्तै, गोदावरी नदी तरेर मन्दिर जाने बाटोमा समेत बाढीले क्षति पुर्‍याएको थियो।

Navadurga sun

नेपाली सेनाको गुरुबक्स गुल्मका निमिक्त गुल्मपति सहसेनानी सरोज कोइरालाको कमाण्डमा सुदूरपश्चिम पृतना हेडक्वार्टर र सर्वेश्वर गणबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले मन्दिरभित्र जम्मा भएको बालुवा तथा माटो हटाएको हो। बाढीले क्षतिग्रस्त बाटो समेत सेनाको टोलीले मर्मत गरेको छ।

बाढीले पुर्‍याएको अवरोध हटाइएसँगै दर्शनार्थीलाई मन्दिर दर्शनका लागि सहज भएको देवीदल गण तेघरीका गणपति प्रमुख सेनानी रबी केसीले जानकारी दिए।

बाढीले गोदावरी धाम क्षेत्रमा रहेका मन्दिरमा ढुङ्गा, माटो, बालुवा, काठका मुढा, झारपात थुपार्नुका साथै बाटो समेत बगाएपछि दर्शनार्थीले मन्दिरको दर्शन गर्न पाएका थिएनन्।

ADD Khali jpg
ADD Khali jpg
Loading...