कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ

धनगढी- कैलालीको गोदावरीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले कैलालीको गोदावरी–४ बुढीतोलामा डोटीको जोरायल गाउँपालिका–२ का मिनबहादुर मालीलाई पक्राउ गरेको हो।

उनलाई चेकजाँच गर्दा खल्तीमा १३ ग्राम लागुऔषध र ५३ हजार नगद फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यस्तै उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ। उनीमाथि मालाखेती प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...