



दार्चुला- दार्चुलाको एक पसलमा आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिक-४ रिङन ताल नजिक तिंकर सडकखण्डमा रहेको जमन सिंह धामीको धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी हो । मंगलवार राति १० बजेतिरको समयमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ ।


आगलागी राति नै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक तर्कराज पाण्डेयले बताए । पसलका ईलेक्ट्रिक सामानहरू जलेका र क्षतिको विवरण खुल्न बाँकी रहेको उनले बताए ।





