महाकाली नदीले पार गर्‍यो सतर्कता तह

धनगढी- महाकाली नदीमा जलसतहले सतर्कता तह पार गरेको छ। डडेलधुराको पारिगाउँ स्टेशनको मापन अनुसार महाकाली नदीले बिहान सतर्कता तह पार गरेको र जलसहत बढ्ने क्रममा रहेको बाढी पूर्वानुमान् महाशाखाले जानकारी दिएको छ।

महाकाली नदीको जलसतह अहिले ५.८३ मिटर मापन भएको छ। बाढी पूर्वानुमान् महाशाखाका अनुसार ५.८० मिटरको जलसतहलाई सतर्कता तह र ७ मिटरलाई खतराको तह मानिन्छ।

Navadurga sun

सुदूरपश्चिममा डडेलधुरा, दार्चुला, डोटी र आसपासका क्षेत्रहरूमा हल्का वर्षा भइरहेको छ। दिउँसो मध्यम वर्षा हुने पूर्वानुमान् छ। प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना भएकाले महाकाली नदीको जलसतह अझै बढ्ने पूर्वानुमान् रहेकाले तटीय क्षेत्रमा रहेकाहरूलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...