कैलालीमा टिप्परले विङ्गरलाई ठक्कर दिँदा ९ जना घाइते

Dadeldhura hospital

धनगढी- कैलालीको चौमालामा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका छन् । पुर्व पश्चिम राजमार्ग अन्तरगत चौमालाको गोप्का चोकमा टिप्परले विङ्गरलाई ठक्कर दिदाँ ९ जना घाइते भएका हुन् ।

अहिले दुर्घटनास्थलमा नेपाल प्रहरी पुगेर उद्दार गरिरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय मालाखेतिका प्रहरी निरीक्षक बासुदेव भट्टले जानकारी दिएका छन् ।

Loading...