डडेल्धुरा अस्पतालको मेसुमा डा गुप्ता

डडेल्धुरा- सुदूरपश्चिमको एकमात्र संघीय अस्पतालका रुपमा रहेको डडेल्धुरा अस्पतालले लामो समयपछि दरबन्दीमै विशेषज्ञ डाक्टर पाएको छ। अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट (मेसु)को जिम्मेवारीसहित बालरोग विशेषज्ञ डाक्टर सन्तोष गुप्ता अस्पतालमा हाजिर भएका हुन्।

Ganyapdhura gau

जेठ पहिलो साता नवौं तहमा बढुवा भएका डाक्टर गुप्ताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डडेल्धुरा अस्पतालमा पदस्थापन गरेपछि सोमबार उनी अस्पतालमा हाजिर भएका हुन्।

Navadurga sun
Godawari sandesh

डा गुप्ताले डडेल्धुरा अस्पताल विशिष्ट विशेषज्ञ अस्पताल रहेको बताउँदै सोहीअनुसार सेवा प्रदान गर्ने बताए। ‘बालरोग विशेषज्ञ डाक्टरको रुपमा म आइसकेको छु,’ सोमबार अस्पतालमा आयोजित स्वागत कार्यक्रममा बोल्दै डा गुप्ताले भने, ‘दरबन्दीअनुसार अन्य विशेषज्ञ चिकित्सक पनि डडेल्धुरा अस्पतालमा ल्याउन पहल गरिरहेका छौं। सरकारी दरबन्दीमा सम्भव नभए करारमा भए पनि चिकित्सक भर्ना गरेर विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गर्छौं।’

Dadhaldhura pur

उनले उपलब्ध जनशक्तिअनुसार डडेल्धुरा अस्पतालले विगतदेखि नै सेवा प्रदान गर्दै आएको बताउँदै तिनै सेवालाई निरन्तरता दिएर सुधार गर्ने आफ्नो योजना रहेको बताए। ‘दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नभए पनि यहाँ थुप्रै विज्ञ डाक्टर कार्यरत हुनुहुन्छ,’ मेसु गुप्ताले थपे, ‘सोही कारण यहाँ कुनै पनि सेवा बन्द गर्नुपरेको थिएन्। मेडिकल अधिकृतले भए पनि सेवा निरन्तरता दिनुभएको थियो। अब सोही सेवा विशेषज्ञ चिकित्सकबाट प्रदान गर्ने लक्ष्य छ।’

कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले विशेषज्ञ डाक्टर पठाउन गरेको आग्रह स्विकार गर्दै डा गुप्तालाई पदस्थापन गरिदिएकोमा स्वास्थ्य मन्त्रालयलाई धन्यवाद दिए।

‘अस्पताल विकास समितिले दरबन्दीअनुसार चिकित्सक ल्याउन पहिलेदेखि नै पहल गर्दै आएको थियो,’ उनले भने, ‘मन्त्रालयले बालरोग विशेषज्ञ पठाइसक्यो। अब अन्य चिकित्सक ल्याउन पहल गर्छौ।’ उनले अस्पतालको सेवा सुधार गर्न अस्पताल विकास समिति लागिपरेको बताए।

०७५ सालमै विशिष्ट विशेषज्ञ अस्पताल भए पनि अहिलेसम्म स्विकृत दरबन्दी भने उपक्षेत्रीय अस्पतालकै छ। उपक्षेत्रीय अस्पताल सञ्चालनका लागि १०९ जनाको दरबन्दी स्विकृत भएको थियो। स्विकृत दरबन्दीअनुसार एक जना ११औं तहको मेडिकल सुपरिटेन्डेण्ड, ९औं र १०औं तहका थप १९ जना कन्सल्टेण्ड चिकित्सक हुनुपर्ने हो।

Couple
Loading...