डडेलधुरा अस्पतालमा अनियमितताको आशंका, अख्तियारले सुरु गर्‍यो छानबिन

Dadeldhura hospital

डडेलधुरा– डडेलधुरा अस्पतालमा अनियमितताको आशंकापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अगाडि बढाएको छ।कञ्चनपुरमा रहेको आयोगको कार्यालयले आवश्यक छानबिनका लागि विभिन्न कागजात पठाउन अस्पताललाई ताकेका गरेको छ।

Ganyapdhura gau

अख्तियारले यहि भदौ १५ गते अस्पताललाई राय प्रतिक्रियासहित काजजात उपलब्ध गराउन आदेश दिएको छ। अख्तियारले अस्पताललाई अक्सिजन प्लान्ट खरिद भएका कागजात तथा सोसम्बन्धी प्रमाण, स्वास्थ्य शिविरसम्बन्धी कागजात, औषधि खरिद, कर्मचारी भर्ना प्रक्रिया, हाडजोर्नी अपरेशन गर्ने टेबुल खरिद तथा जेनेरेटर खरिदसम्बन्धी कागजात मागेको छ। ती सम्पूर्ण कागजात १५ दिनभित्र पठाउन अस्पताललाई ताकेता गरिएको छ।

 

 

Loading...