कैलाली- महाकाली नदीको जल सतहले सतर्कता तह पार गरेको छ । डडेल्धुरास्थितपारि गाउँ बाढी मापन केन्द्रका अनुसार जल सतह सतर्कता तह (५.८० मि) पार गरेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले जानकारी दिए ।
जल सतह खतरातर्फ केन्द्रित भइरहेको हुँदा नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन सूचना जारी गरिसकेको उनले जानकारी दिए । ‘अहिले जल सतह मध्यम खतरामा छ’ प्रजिअ न्यौपानेले भने, ‘अझै खतरा हुन सक्छ , हामीले डडेल्धुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनिसकेका छौं ।’
जल तथा मौसम विज्ञान विभागले पनि आज बिहान ८:५० बजे सूचना जारी गरी महाकाली नदीमा ठूलो बाढी आएकाले डडेलधुरा र कञ्चनपुरका नदी तटीय क्षेत्रका बासिन्दालाई दिउँसो १ बजेसम्म सतर्कता अपनाउन परामर्श दिएको जनाएको छ ।
