सामाजिक भत्ता वडामै पाउँदा ज्येष्ठ नागरिक खुशी

बाजुरा- यतिबेला बाजुराका अधिकांश स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । सामाजिक सुरक्षा भत्ता ल्याउन जाँदा लौरोको सहायताले घण्टौँ पैदलमा हिँड्न दुःख पाउँदै गरेका ज्येष्ठ नागरिकले पछिल्लो समय वडाबाट नै भत्ता पाउन थालेपछि खुशी भएका हुन् ।

Ganyapdhura gau
Dadeldhura hospital

“यसअघि सामाजिक सुरक्षा भत्ता लिन जाँदा घण्टौं पैदल हिँडेर जानुपथ्र्यो, अहिले वडामै मिल्न थालेपछि निकै खुसी लागेको छ” जगन्नाथ गाउँपालिका –५ का स्थानीय जेष्ठ नागरिक दाताराम आचार्यले भने।

Navadurga sun
Godawari sandesh

उनले गाउँनजिक वडा कार्यालय रहेकाले सहज भएको बताए । अब भत्ता त्यतैबाट मिल्ने भएपछि मैले भत्ताका लागि घण्टौँ पैदल हिँडेर जानु नपर्ने भयो उनले भने । पहिला बाजुराका साविका गाविसले घर घरमै दिन थालेको समाजिक भत्ता स्थानीय सरकार गठन भएपश्चात् बैङ्कबाट उपलब्ध गराउँदै आएका छन् ।

गाउँपालिकाले सामाजिक सुरक्षा भत्तालाई वडाबाट नै दिनेगरी हिमालय बैङ्कलाई सहकार्य गरेपछि अहिले भत्ता वडामा नै वितरण हुन थालेको जगन्नाथ गाउँपालिका –५ को अध्यक्ष गौरी सार्कीले बताए । वडाबाट समाजिक सुरक्षा भत्ता विरतण गर्दा अपाङ्गता भएका, अशक्त असहाय र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिने गरेको वडा कार्यालयले जनाएको छ ।

Loading...