डडेलधुरामा बिउ आलुको मूल्य निर्धारण

डडेलधुरा- डडेलधुरामा उत्पादन भएको बिउ आलु प्रतिकिलो ५० रुपियाँ निर्धारण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ डडेलधुराले शनिबार आयोजना गरेको गोष्ठीबाट बिउ आलुको मूल्य निर्धारण गरिएको हो ।

Ganyapdhura gau

हिउँदे र बर्खे गरी दुई वटै सिजनको बिउ आलुको मूल्य प्रतिकिलो ५० रुपियाँ तोकिएको हो । खरिद गरिएको मूल्यमा लागत लाग्ने सबै खर्च र व्यवसायीलाई १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको हो ।

Navadurga sun
Godawari sandesh

किसान, आलुका व्यवसायी, कृषि ज्ञान केन्द्र, उद्योग वाणिज्य सङ्घ, स्थानीय तहका कृषि शाखा संयोजकको उपस्थितिमा मूल्य निर्धारण गरिएको परियोजना कार्यान्वयन एकाइ डडेलधुराका प्रमुख ध्रुव जोशीले जानकारी दिए ।

Dadeldhura hospital

डडेलधुराको शीत भण्डारमा भण्डारण गरिएको बिउ आलुलाई बिक्री गर्ने र बिउ अपुग भए डडेलधुरामै उत्पादन गरी कैलालीका शीत भण्डारमा राखिएको बिउ आलुबाट आपूर्ति गर्ने निर्णय भएको उनले बताए । यस वर्ष आलु व्यवसायीले ३० रुपियाँ प्रतिकेजी किसानबाट खरिद गरेकाले बिउ आलुको मूल्य गत वर्षभन्दा कम निर्धारण गरिएको उनले बताए ।

किसानबाट ३० रुपियाँ प्रतिकेजी आलु खरिद गरिसकेपछिको लागत शीत भण्डारको भाडा, यातायात खर्च, उतारचढाव खर्च, कुहिने घट्ने आलुको तौल, १४ प्रतिशत बैङ्कको ब्याज र १५ प्रतिशत मुनाफा जोडेर बिउ आलुको मूल्य निर्धारण गरिएको उनले बताए ।

डडेलधुरामा करिब एक हजार तीन सय हेक्टर क्षेत्रफमा आलु खेती गरिँदै आएको छ । ९६० हेक्टर क्षेत्रफलमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको चक्लाबन्दीमा आलु खेती गरिएको परियोजना अधिकृत जोशीले बताए । कृषि ज्ञान केन्द्र र स्थानीय पालिका अन्तर्गत ३४० हेक्टर क्षेत्रफलमा आलु खेती हुँदै आएको छ ।

आलुको उत्पादकत्व २२।७४ रहेको छ । डडेलधुरामा प्रत्येक वर्ष पाँच हजार क्विन्टलभन्दा बढी आलु उत्पादन हुने गरेको छ । आलुमा जिल्ला आत्मनिर्भर भएको उनको भनाइ छ । डडेलधुरा जिल्ला सदरमुकाममा सात हजार क्विन्टल भण्डारण क्षमता भएको एउटा शीत भण्डार छ ।

Loading...