
अछाम- अछाममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका–१ कुन्ती जैधनकी २५ बर्षीय निर्मला साउँदको घास काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । मृतक साउद मंगलसेन नगरपालिका–१ को वडा कार्यालयमा कार्यरत थिईन। मृतका दुई बर्षका एक छोरा रहेका छन् ।
