धनगढी- धनगढीको एक होटलबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका छन्। धनगढीको बोराडाँडीस्थीत न्यू रोहन होटेल एण्ड रेस्टुरेन्टबाट एक थान चितुवाको छालासहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ ।




प्रहरीका अनुसार डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर १२ का गोविन्द भट्टराई र कञ्चनपुरको बेदकोट नगरपालिका–७ का बामदेव जोशी पक्राउ परेका हुन् ।


नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायब निरीक्षक प्रकाश कडायतको कमाण्डमा खटिएको सादा पोशाकको टोलीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ । उनीहरूमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

