सुदूरपश्चिम प्रदेशबाट चार सय नयाँ सैनिक भर्ना, तालिम सुरु

धनगढी- सुदूरपश्चिम प्रदेशमा चार सय नयाँ सैनिक भर्ना भएका छन्। देशभर नेपाली सेनामा तीन हजार बढी नयाँ सैनिक भर्ती भएकोमा सुदूरपश्चिमबाट चार सय नयाँ सैनिक भर्ना भएका हुन्। नयाँ सैनिक भर्ना भएसँगै विभिन्न ब्यारेकमा भर्ना भएका नयाँ सैनिकलाई सैन्य आधारको तालिम दिन थालिएको जनाइएको छ।

Ganyapdhura gau

सैनिक स्रोतका अनुसार सुदूरपश्चिमबाट श्री देवीदल गण, कैलालीमा २५०, श्री भैरवप्रसाद गण, डोटीमा एक सय, श्री गुरुगोरख गुल्म, दार्चुलामा ५० जनालाई भर्ना गरिएको छ। सेनाले उनीहरूको सैन्य तालिम थाल्ने तयारी गरेको छ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

नेपाली सेनाले सैन्य तालिममा जाँदा आफ्ना व्यक्तिगत सामानहरू अनिवार्य साथमा लिन सुसूचित गराएको छ। ठुलो कालो झोला, एक जोर सिभिल लुगा, साधारण नोख भएको एक जोर कालो जुत्ता, फुल साइजको कालो सिभिल मोजा, चप्पल, पिटी गन्जी, दाह्री काट्ने सामान र अण्डरवेयर, महिलाको हकमा भित्री वस्त्र, ब्रस, मन्जन र साबुन, जुत्ता पुस्ने ब्रस, साधारण बकल भएको कालो छालाको बेल्ट, स्पोर्ट सुज सैनिकले अनिवार्य साथमा लैजानुपर्नेछ।

त्यस्तै, सेनाले सैनिकहरूलाई आफ्नो व्यक्तिगत प्यान नम्बर बनाउन निर्देशन छ। व्यक्तिगत खाता खोलेर एटिएम पनि आफैँसँग लैजानुपर्ने, व्यक्तिगत विवरण किताबमा अनिवार्य छाप लगाउन र आफूले इच्छाएको व्यक्तिको फोटो र नागरिकता पनि साथमा ल्याउन भनिएको छ।

सैनिकहरू आफ्नो व्यक्तिगत कागजातबिना उपस्थित हुँदा तालिममा असर परेपछि सेनाले पहिले नै जानकारी गराएको हो।सम्बन्धित केन्द्रहरूले सैनिकहरूको विवरण सङ्कलन गरेर राख्नुपर्नेछ।

 

Loading...