कैलालीमा माइतबाट घर फर्केकै दिन एक महिलाको मृत्यु, हत्या भएको आंशका

धनगढी- कैलालीमा एक महिलाको हत्या भएको आंशका गरिएको छ। जिल्लाको भजनी नगरपालिका–५ लालबोझीकी २४ वर्षीया संजीता चौधरी घरमा झुन्डिएको अवस्थामा मृत फेला परेकी हुन्। माइत धनगढी उपमहानगरपालिका–१७ धुर्जुना गएकी संजीता घर फर्किने तयारीमा थिइन्।

Ganyapdhura gau

मंगलबार साढे ९ बजे घर जान्छु भनेर निस्केकी थिइन् संजीता। माइती पक्षका अनुसार धनगढी बजारबाट १२ बजे बसमा चढेकी संजीता दुई बजे आफ्नो घर लालबोझी पुगेकी थिइन्। उनी सोहिदिन उनी मृत अवस्थामा फेला परेकी हुन्।

Navadurga sun

संजीताका २६ वर्षीय सुवेत यादव श्रीमान् भने सोहिदिन ४/५ महिनाका लागि कमाउन भारत जान्छु भन्दै घरबाट निस्केको माइती पक्षको भनाई छ। भारत जान तिकुनिया पुगेका यादव संजीता घर पुग्ने बित्तिकै झुण्डिएर देह त्याग गरेको खबर सुनेपछि घर फिर्ता भएको बताइएको छ।

Dadhaldhura pur

तीन वर्षअघि संजीता र सुवेतबिच प्रेम विवाह भएको थियो । माइती पक्षले संजीताको आत्महत्या हुन नसक्ने आशङ्का व्यक्त गर्दै एका९एक मृत्यु हुनु हत्या भएको बताएका छन् ।

मृतक संजीताका मामा हरिनारायण चौधरीले माइतबाट सकुशल घर पुगेकी संजीताको एकाएक झुण्डिएर देह त्याग गर्नु, झुन्डिएको व्यक्तिको भुईँमा खुट्टा पुग्नुले मृत्यु हुने विषय अपत्यारिलो भएको बताए । संजीताको मोबाइल समेत उनका श्रीमान् सुवेत यादवसँग भेटिएको उनले बताए।

यस्तै माइती पक्षको उपस्थिति बिना मृतकको शव टीकापुर अस्पतालमा पोष्टमार्टम समेत गरिनुले आत्महत्या नभएर हत्या भएकै उनले दाबी गरेका छन् ।

संजीताका श्रीमानले भने कमाउन भारत गइरहेको बेला घरमा यस्तो घटना भएपछि फर्केर आएको कुरा शङ्कास्पद रहेको माइती पक्षको भनाई छ । माइती पक्षले घटनाको सत्य तथ्य छानबिन नभएसम्म शव उठाउन नदिने बताएका छन्।

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...