विव्यसस गोदावरीले नगरको शैक्षिक सुधारका लागि नगरप्रमुखलाई कार्यपत्र हस्तान्तरण

अत्तरिया- विद्यालय व्यवस्थापन समन्वय समिति (विव्यसस) गोदावरीले नगरको शैक्षिक सुधारको कार्यपत्र नगरप्रमुखलाई हस्तान्तरण गरेको छ । सोमबार विव्यसस नगर संयोजक गणेश शाह नेतृत्वको टोलीले नगरप्रमुख विरेन्द्र भट्टलाई उक्त कार्यपत्र हस्तान्तरण गरेको हो ।

Ganyapdhura gau

कार्यपत्रमा नगरमा रहेका सामुदायिक विद्यालयको सुधारका लागि तत्काल गरिनुपर्ने कामको मार्गचित्र प्रस्तुत गरिएको छ । उक्त कार्यपत्र कार्यान्वयमा आए शिक्षक अभावको अवस्था न्यूनिकरण हुने, शैक्षिक गुणस्तरमा सुधार हुने, विद्यालयप्रति सरोकारवालाको चासो बढ्ने, शैक्षिक तथ्यांक र अभिलेखको व्यवस्थापन हुने, परीक्षा तथा मुल्यांकन प्रणालीमा व्यापक सुधार आउने उल्लेख गरिएको छ । त्यस्तै कार्यपत्र कार्यान्वयनमा आए नगर शिक्षा योजना तयारी हुने, विद्यालयको भौतिक पक्षमा सुधार हुने, विद्यार्थीको सिकाई स्तरमा सुधार हुने र नगरको शैक्षिक गुणस्तरमा वृद्धि हुने जनाइएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

कार्यपत्र कार्यान्वयका लागि ऐन तथा नियमावलीले तोकेको मापदण्ड तयार गरेर शिक्षक दरबन्दी मिलान गर्नुपर्ने, अंग्रेजी माध्यमबाट शिक्षण सिकाइ सुरु गर्ने विद्यालयलाई प्रोत्साहन उपलब्ध गर्नुपर्ने, बिभिन्न समिति, कार्यदल, प्रतिनिधिसंग समन्वय बैठक र अन्तरक्रिया गर्नुपर्ने, शिक्षक कर्मचारी, बालविकास सहजकर्ताका लागि शैक्षिक सामग्री निर्माण संगै पेसागत सिप विकास तालिम दिइनुपर्ने उल्लेख गरिएको छ ।

कार्यपत्रमा नगरको शैक्षिक सुधारका लागि विद्यालयको समूह बनाइ अन्तरजिल्ला, अन्तरपालिका, उत्कृष्ट विद्यालयहरुमा शैक्षिक भ्रमण गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख छ । कार्यपत्रमा नगरको शैक्षिक स्तर सुधारका लागि शैक्षिक महोत्सवको आयोजना गर्नुपर्ने विषय पनि समेटिएको छ ।

कार्यपत्र बुझै नगरप्रमुख भट्टले विव्यससले अघि सारेका शिक्षिक सुधारका योजना कार्यान्वयनका लागि आफू सकारात्मक रहेको बताएका थिए । उनले नगरले स्रोत साधनले सक्नेजति सुधार गर्न आफु तयार रहेको प्रतिबद्धता जनाए । कार्यपत्र साउन १३ गते गोदावरीका सम्पूणर् विद्यालयका अध्यक्षहरु बिचको अन्तरक्रियाबाट प्राप्त सुझावका आधारमा तयार पारिएको उल्लेख छ । सोही दिन गोदावरी नगरस्तरीय विद्यालय व्यवस्थापन समन्वय समिति पनि गठन गरिएको थियो ।

Loading...