पशुपन्छी रोग अन्वेषण प्रयोगशालाको सेवा बन्द

धनगढी- पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले आफ्नो सेवा बन्द गरेको छ । सुदूरपश्चिम प्रदेशभरि पशु चौपायामा लम्पी स्किन रोगको प्रकोप भयावह रहेको बेला प्रयोगशालाले आजबाट आकस्मिकबाहेक सबै सेवा बन्द गरेको हो ।

चालु आर्थिक वर्षमा कुनै पनि शीर्षकमा बजेटको व्यवस्था नभएकाले बाध्य भएर सेवाहरु बन्द गर्नुपरेको प्रयोगशालाका प्रमुख डा. नरेश जोशीले बताए । उनले अर्को व्यवस्था नभएसम्मका लागि सेवा प्रवाह गर्न असमर्थ रहेको जानकारी दिए ।

आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यमा उल्लेख भए अनुसार संस्थागत संरचनाको अन्योलता रहेको जनाइएको छ । जसको कारण बजेटको व्यवस्था नहुँदा प्रदान गर्दै आएका सेवाहरु बन्द गर्नुपरेको हो । पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले पशुपन्छीमा लाग्ने विभिन्न रोगको जाँच गर्दै आएको थियो ।

Loading...