कैलालीमा सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु, एक घाइते

धनगढी- कैलालीको गोदावरी नगरपालिका– ३ चौकीडाँडामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ ।

Bhancha ghar0

पुर्व पश्चिम राजमार्ग अन्तरगत आइतबार साँझ सुपप्र ०१ ००२ त ६४१९ नम्बरको टेक्टर र विपरित दिसातर्फ जाँदै गरेको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा घाइते भएका मोटरसाइकल चालक प्रहरी जवान कपिल कठायतको मृत्यु भएको हो । उनी नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत रहेका थिए ।

सोही दुर्घटनामा मोटरसाइकलको पछाडी सवार प्रहरी तालिम केन्द्र दिपायलमा कार्यरत प्रहरी जवान हेमराज ताउडाको धनगढीस्थित माया मेट्रो अस्पतालमा आईसीयुमा राखेर उपचार भइरहेको छ। ट्याक्टर र चालकलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ।

 

 

Hoolyland
Satyawati
Leave A Reply

Your email address will not be published.