कैलालीमा रेडियन्ट ग्यास उद्योगलाई ५० हजार जरिबाना

धनगढी- कैलालीको अत्तरियास्थित रेडियन्ट ग्यास उद्योगलाई जरिबाना गरिने भएको छ। उद्योग अनुगमनका क्रममा ग्यास सिलिन्डरमा मापदण्डभन्दा कम र बढी ग्यास भरेको भेटिएको कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले बताए।

Ganyapdhura gau
Dadeldhura hospital

शुक्रवार उद्योगमा गरिएको अनुगमनका क्रममा सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डर तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला पारेकोले जरिबाना गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताए।

Navadurga sun
Godawari sandesh

जोशीको नेतृत्वमा गएको अनुगमन टोलीले ग्यास उद्योगले १४ दशमलव २ किलोग्राम ग्यास भर्नुपर्नेमा कुनै सिलिन्डरमा तोकिएभन्दा निकै कम र कुनै सिलिन्डर तोकिएभन्दा बढी ग्यास भर्ने गरेको फेला पारेको हो।

बढी ग्यास भर्दा सिलिन्डर विस्फोट हुन सक्ने जोखिम रहने र तोकिएभन्दा कम ग्यास भर्दा पनि कानुनको उल्लङ्घन गरिएको देखिएकाले ५० हजार जरिबानासहित सचेत गराउने निर्णय भएको उनले बताए।

Loading...