धनगढीका तीनवटा व्यापारिक फर्मलाई कारबाही

धनगढी- धनगढीका तीन वटा व्यापारिक फर्मलाई कारबाही गरिएको छ । धनगढी उपमहानगरपालिका नेतृत्वको बजार अनुगमन टोलीले शुक्रवार धनगढी वडा नम्बर ७ बजार क्षेत्रमा अनुगमनका क्रममा विभिन्न तीन वटा व्यापारिक फर्मलाई जरिवाना गराएको हो । मनेहरास्थित नम्रता ट्रेड लिंकबाट टोलीले म्याद गुज्रेको पेन्ट (कलर) फेला पारेको छ ।

Ganyapdhura gau

उक्त फर्मलाई पहिलो पटकका लागि न्यूनतम एक हजार रुपैयाँ जरिवाना गराएर छोडिएको छ ।त्यस्तै सोही ठाउँको न्यु केदारनाथ हार्डवेयरलाई पनि एक हजार जरिवाना गरिएको छ ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

जहाँ टोलीले म्याद सकिएको पेन्ट फेला पार्नुका साथै आफै एमआरपी मूल्य सच्याएर लेखेको भेटाएको थियो ।मनेहराकै न्यु देबकी जनरल स्टोरलाई पनि दर्ता नगरी किराना पसलमा मदिरा बिक्री वितरण गरेको भन्दै एक हजार रुपैयाँ जरिवाना गरिएको छ ।

नियम विपरीत कार्य गर्ने व्यापारिक फर्मलाई पहिलो पटकका लागि एक हजार रुपैयाँ जरिवाना गराएर सम्झाई बुझाई गरेर छोडिएको उपमहानगरपालिकाका उपभोक्ता हित संरक्षण शाखा प्रमुख नारायणप्रसाद शर्माले बताए। अर्को पटक पनि सोही गल्ती भेटिए कानुन अनुसार थप कारवाही गरिने उनले बताए। अनुगमन टोलीले शुक्रवार विभिन्न २० वटा व्यापारिक फर्ममा अनुगमन गरेको हो।

टोलीले ब्युटी पार्लर, हार्डवेयर, होटल, किराना पसललगायतमा अनुगमन गरेको उपमहानगरका उपभोक्ता हित संरक्षण शाखा प्रमुख शर्माले बताए।

उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाको नेतृत्वको बजार अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य कार्यालय, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता थियो। उपमहानगरले उपभोक्ता अधिकार संरक्षण गर्ने उद्देश्यसहित बजार अनुगमनलाई तीव्रता दिएको छ ।

 

 

Loading...