धनगढीमा दुईवटा मोटरसाइकल चोरी

Dadhaldhura pur

धनगढी- धनगढीमा घर अगाडि राखिएका दुई वटा मोटरसाइकल चोरी भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उपमहानगरपालिका–७ मनेहराका ३० वर्षीय हरिचन्द्र जोशीको घरमा पार्किङ गरी राखेको मोटरसाइकल गए राति चोरी भएको हो।

जोशीको रातो कलरको २ सय सिसी अपाची सु.प.प्र ०१००८ प ९१३० नम्बरको मोटरसाइकल चोरी भएकाले देख्ने वा कसैको सम्पर्कमा भए ९८४०१६९७२९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

यस्तै धनगढी उपमहानगरपालिका–२ बैयाबेहडी बस्ने रामबिर चौधरीको से ७ प ४२७५ नम्बरको कालो कलरको १५० सिसी पल्सर मोटरसाइकल १२ गते राति आफ्नै घर अगाडि राखेको अवस्थामा चोरी भएको हो। उक्त मोटरसाइकलहरू कतै देख्नेले नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

 

 

 

Ganyapdhura gau
ADD Khali jpg
ADD Khali jpg
Loading...