सुर्नया नदिमा पुल नहुँदा सास्ती

हरिश चन्द
डडेल्धुरा, १२ साउन- डडेल्धुरा र बैतडीको सिमानामा पर्ने खाल देहिमाण्डौ सर्मालि (पन्चेश्वर) सडक खण्डमा पर्ने सुर्नया नदीमा पुल नहुँदा सो क्षेत्रका स्थानीय बासिन्दा जोखिमपूणर् यात्रा गर्न बाध्य छन् ।

वर्षौंदेखि सुर्नया खोलामा मोटेरेवल पुल नहुँदा बैतडीका तिन पालिकाका शिव नाथ गाउपालिका, पन्चेश्वर गाउपालिका, मेलौली नगर पालिका साथै डडेल्धुराका २ पालिकाका गोगेश्वर गाउपालिका र अजयमेरुका स्थानीयवासी जोखिमपूणर् रुपमा यात्रा गर्न बाध्य भएका हुन् ।

सुख्खा मौसममा भन्दा वर्षायामको समयमा नदी तर्न ठूलो समस्या भइरहेको सो क्षेत्रका स्थानीयवासीले बताएका छन् । पुल निर्माणका लागि पटकपटक आग्रह गरे पनि हालसम्म पुल निर्माण नभएको स्थानीय राम बहादुर शाहीले वताए ।

तल्लो सोरड क्षेत्रमा बैतडी को सवै भन्दा वढी बस्ती भएकोले डडेल्धुरावाट सवै भन्दा वढी गाडी यो क्षेत्रमा चल्ने गरेका छन । काम विशेषले डडेल्धुरा सम्म पुग्न यही नदीबाट वारपार गर्नुपर्ने हुन्छ । वर्षातको समयमा नदीमा धेरै पानी हुन्छ, ज्यान नै बाजीमा राखेर ओहोरदोहोर गर्नुपर्ने बाध्यता हुने गरेको छ ।’

नदीलामा पुल नभएकाले गाउँदेखि टाढामा रहेको विद्यालय पुग्ने बालबालिका होस् वा सरकारी कार्यालय पुग्ने कर्मचारीलाई समेत ठूलै सकस भइरहेको शाहीको दुखेसो छ ।

नदीमा पुल नहुँदा वर्षायामका बेला गाउँका बिरामीलाई अस्पतालसम्म लैजान असाध्यै कठिनाइ हुने गरेकोे बताए । पुलको समस्याबारे पटकपटक जनप्रतिनिधिदेखि सांसद र मन्त्रीलाई सुनाए पनि उनीहरुबाट आवश्वासन बाहेक केही नपाएको स्थानीयवासीको गुनासो छ ।

Hoolyland
Satyawati
Suchana talim_18
Leave A Reply

Your email address will not be published.