आँखा पाक्ने राेगकाे समस्या बढ्दो

धनगढी- कैलालीमा बालबालिकादेखि अन्य उमेर समूहका व्यक्तिहरुमा आँखा पाक्ने समस्या बढ्दै गएको छ । विद्यालय अध्ययनरत विद्यार्थी आँखा पाक्ने रोगबाट बढी ग्रसित भइरहेका छन् । उनीहरुमा एकबाट अर्कोमा आँखा पाक्ने रोग सर्दै विकराल रुप लिइरहेको धनगढी उपमहानगरपालिका–९ का भूपेन्द्र चौधरीले बताए ।

Ganyapdhura gau

विद्यालयमा विद्यार्थी आँखा पाक्ने रोगबाट बढी नै ग्रसित हुन थालेपछि आफ्नो बच्चालाई विद्यालय पठाउन पनि डर लाग्न थालेको उनको भनाइ छ । “हुँदाहुँदै घरछिमेकमा पनि यस्तो समस्या देखापरिरहेको छ”, उनले भने,“बालबच्चालाई यो रोगबाट कसरी जोगाउने होला रु”

Navadurga sun
Godawari sandesh

मौसमका कारण भाइरल इन्फेक्सनको रुपमा आँखा पाक्ने समस्या धेरैमा देखापरिरहेको स्वास्थ्यकर्मीहरुको भनाइ छ । धेरै समय चर्को गर्मीपछि पानी पर्दा यस्तो समस्या बालबालिकादेखि वृद्धवृद्धामा पनि देखापरिरहेको स्वास्थ्यकर्मीहरु बताउछन् । आँखा पाक्ने रोगको सङ्क्रमण बढेपछि उपचार गराउनका लागि स्वास्थ्य संस्थामा पुग्ने पनि बढिरहेका छन् ।

Dadeldhura hospital

सहरी क्षेत्रमामात्रै नभई गाउँघरमा पनि यस्तो समस्या बढेको पवेरा स्वास्थ्य चौकीमा कार्यरत जनस्वास्थ्य निरीक्षक कुसुम चौधरीले बताए । आँखाको समस्या भएका १०/११ जना सेवाग्राही दैनिक उपचारका लागि पुग्ने गरेको उनले उल्लेख गरे ।

आँखा पाक्ने समस्या भएका बिरामीमा आँखा दुख्ने, आँखा रातो हुने, कचेरा आउने, आँखा टाँसिएको हुने, उज्यालोमा आँखा बिझाउने जस्ता समस्या देखिने गरेको जनाइएको छ । भाइरल कन्जङटिभिटिज भाइरसको कारण आँखा पाक्ने गरेको स्वास्थ्यकर्मीहरुको भनाइ छ ।

भाइरलको रुपमा यो रोग विभिन्न माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गरेको वरिष्ठ फिजिसियन प्रोफेसर डा। शुभेषराज कायस्थले बताए । उनले सङ्क्रमित व्यक्तिको संसर्गमा आएकालाई यो रोग छिटै सर्ने गरेको उल्लेख गरे । “सङ्क्रमितले हातको सरसफाई नगरी जथाभावी यत्रतत्र छुने, आँखाबाट निस्केका फोहोर जथाभावी पुछ्ने कार्य गर्नाले यो रोग अरुमा सर्छ”, कायस्थले भने ।

आँखा पाक्ने समस्याबाट छुट्कारा पाउनका लागि दुई दुई घण्टामा चिसो पानीले आँखा धुने र औषधि हाल्नु पर्ने स्वास्थ्यकर्मीहरुको सल्लाह छ । यसैगरी, सकेसम्म चश्माको प्रयोग गर्ने बताइएको छ । आँखा पाक्ने रोगबाट जोगिनका लागि बिरामीले प्रयोग गरेका सामान अरुले प्रयोग गर्न नहुने जनस्वास्थ्य निरीक्षक चौधरीले बताए । एक हप्तामा आँखा पाक्ने रोग निको हुने गरेको उनले उल्लेख गरे ।

Loading...