डडेल्धुराकी नन्दा मृत भेटिइन्

डडेल्धुरा- डडेल्धुरामा एक युवती मृत फेला परेकी छन्। जिल्लाको आलिताल गाउँपालिका–७ खिन्नेभाडीकी २० वर्षीया नन्दा साउद आज (बिहिवार) बिहान मृत फेला परेकी हुन्।

Ganyapdhura gau
Dadeldhura hospital

दुर्गा मावि आलितालको कक्षा १२ मा अध्ययनरत रहेकी साउद घर नजिकैको पहिरोमा झरेको अवस्थामा मृत फेला परेको स्थानीयले बताएका छन्। घर नजिकै ५ सय मिटर परको पहिरोमा नन्दाको शव खसेको अवस्थामा बिहान ६:३० बजे फेला परेको थियो। उनी हिजो राति १२:३० बजे घरबाट हराएकी थिइन्।

Navadurga sun
Godawari sandesh

रात भरी खोज्दा बिहान मात्रै पहिरोमा खसेको अवस्थामा शव फेला परेको मृतकका बुवा दानबहादुर साउदले बताए। घटना शङ्कास्पद भएकाले सत्य तथ्य छानबिन हुनुपर्ने मृतक उनको माग छ। प्रहरीको टोली घटनास्थलमा पठाइसकेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टले बताए।

Loading...