डडेलधुरामा नियमविपरीत औषधी बिक्री

डडेलधुरा- डडेलधुरा जिल्ला सदरमुकाम क्षेत्रका मेडिकल पसल तथा फार्मेसीहरूले चिकित्सकको पुर्जाबिना नै औषधी बिक्री वितरण गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालय डडेलधुराका प्रशासकीय अधिकृत जितेन्द्रप्रसाद ओझाको नेतृत्वमा डडेलधुरा अस्पताल, स्वास्थ्य कार्यालयलगायतको टोलीले गरेको अनुगमनका क्रममा यस्तो अवस्था भेटिएको हो ।

Ganyapdhura gau
Dadeldhura hospital

“डाक्टरको प्रेसव्रिmप्सन लिएर मात्रै बिक्री गर्नुपर्ने औषधीहरू धमाधम बिक्री भइरहेको पाइएको प्रशासकीय अधिकृत ओझाले बताए । उनले भने, “अब यसरी औषधी बिक्री वितरण गरेको पाइएमा नियम अनुसार कडा कारबाही गर्ने चेतावनी दिएका छौँ ।”

Navadurga sun
Godawari sandesh

यहाँका मेडिकल तथा फर्मेसी पसलबाट फार्मेसी नपढेकाले नै औषधी बेचिरहेको पाइएको छ । केही फर्मेसीले लाइसेन्स अर्कै व्यक्तिको लिएर पसल चलाइरहेको पाइएको छ ।

मानव स्वास्थ्यसँग खेलवाड गर्नु गलत रहेको बताउँदै जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका प्रमुख केशर साउदले स्थानीय तहको प्रत्यक्ष निगरानी हुने गरी औषधी पसल सञ्चालन गर्ने अनुमति दिनुपर्ने बताए ।

 

Loading...