बाजुरा- बाजुरामा उर्लेर आएको खोलाले तीन पशु चौपाया बगाएको छ । बाजुराको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ युनामा रहेको युना खोलामा आएको बाढीले जस्मल रोकायाको तीन पशु चौपाया बगाएको प्रहरीले जनाएको छ।




जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराले रोकायाको घर बाहिर बाँधेर राखेको अवस्थामा एक गाई,एक बाछो र एक गोरु बगाएर लगेको जानकारी दिए।


रोकायाको टिनले छाएको घर माथिबाट खेला बढेर आएपछि घरको आँगन बगाएको छ। आँगन कटान गरेर बगाएपछि रोकायाको घर जोखिममा रहेको प्रहरी नायव उपरीक्षक बोहराले बताए । खोलामा आएको बाढीले मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक बोहराको भनाई रहेको छ।

