बाजुरा- बाजुरामा एक महिला नदिमा हाम फालेर बेपत्ता भएकी छिन्। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर ६ धिम बस्ने महेश रावतकी श्रीमती अन्दाजी १८ बर्षीया रचना बुढथापा नदिमा हाम फालेर बेपत्ता भएकी हुन। जिल्लाको पूर्वी उत्तरी भेगको हिमाली गाउँपालिका वडा नम्बर ५ स्थित कुवाडी नदिमा हाम फालेर बेपत्ता भएकी प्रहरीले जनाएको छ ।




उनी बाजुरा र हुम्ला जोडने कुवडी नदिको झुलङ्गे पुलबाट हाम फालेर बेपत्ता भएकी हुन। माइती घरमा बस्दै आएकी रचनालाई उनका श्रीमानले घर लैजाने कुरा गर्दा नमानेपछि एकाएक बाजुरा र हुम्ला जोड्ने कवाडीको खोलाको झोलुङ्गे पुलबाट हाम फालेर बेपत्ता भएको प्रहरी निरीक्षक कठायतले बताए ।


हाम फालेर बेपत्ता भएकी महिलाको कवाडी प्रहरी चौकीको प्रहरी टोलीले खोजी कार्य गरिरहेको प्रहरी निरीक्षक कठायतले बताए। अहिले नदिमा हाम फालेर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि नेपाली सेनाको टोली खटिएको छ ।
दुर्गाभन्जन गुल्म अन्तर्गत तिथि चौर पोष्टबाट जामदार भीम बानियाँको नेतृत्वमा सेनाको टोली घटना स्थलमा पुगेर खोजी गरिरहेको नेपाली सेनाका मेजर धमेन्द्र बहादुर सिंह बताएका छन् । बेपत्ता महिलाको खोजीकायका लागि किर्तिचौरबाट नेपाली सेनाको टोली हिमाली गाउँपालिका ५ स्थित कुवाडी नदिमा पुगेको हो।

