लाइसेन्स नभएका शिक्षक हटाउन धनगढी उपमहानगरको निर्देशन

धनगढी– कैलालीको धनगढी उपमहानगरपालिकाले अध्यापन अनुमति पत्र ९लाइसेन्स० नभएका शिक्षकहरुलाई सामादायिक विद्यालयबाट अवकास दिन निर्देशन दिएको छ ।

Ganyapdhura gau

उपमहानगरपालिकाले सामुदायिक विद्यालयलहरुलाई पत्र पठाउँदै लाइसेन्स नभएको व्यक्ति शिक्षक नियुक्ति गर्ने कार्य शिक्षा ऐन विपरित भएकाले त्यस्ता शिक्षकलाई प्रक्रिया पु¥याएर अवकास दिन निर्देशन दिएको हो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

‘विद्यालयमा शिक्षा ऐन कानून विपरीत अध्यापन अनुमति पत्र नभएका व्यक्तिहरुलाई शिक्षकमा नियुक्त गरेको भएमा त्यस्ता व्यक्तिहरुलाई नियमानुसार आवश्यक प्रक्रिया पुरा गरी अवकास गरेर शिक्षा विकास तथा समन्वय इकाइ, कैलाली र यस कार्यालयलाई तत्काल जानकारी गराउनु हुन अनुरोध छ’ उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र बहादुर खातीद्धारा जारी सूचनामा भनिएको छ ‘अव उप्रान्त शिक्षा सम्वद्ध ऐन कानून र प्रचलित नेपाल कानून विपरीत हुने गरी शिक्षक कर्मचारी भर्ना नगर्नु नगराउनु हुन समेत जानकारी गराइन्छ ।’

Loading...