गोदावरी नगरपालिकाले बर्षभरीको न्यायीक समितिको प्रगती विवरण सार्वजनिक

अत्तरिया, ८ साउन– कैलालीको गोदावरी नगरपालिकामा न्यायीक समितिको प्रगती विवरण सार्वजनिक गरिएको छ । सोमबार नगरपालिका नगर उप-प्रमूख तथा न्यायिक समिति संयोजक शारदादेवी रोकायले कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी आ व २०७९/०८० न्यायिक समितिको विवरण सार्वजनिक गरेकी हुन् ।

उनले जम्मा मुद्दा र फिराद संख्या आ व २०७९/०८० मा ११७ रहेको छ भने आ व २०७८/०७९ बाट बाँकी रहेको मुद्दा दर्ता सारेर जम्मा मुद्दा १४३ रहेको बताइन् । त्यस्तै आ व २०७९/०८० मा मिलापत्र फछ्यौट विवाद ९८ वटा जति भइसकेको प्रक्रियामा रहेको विवाद १९ वटा रहेका छन् । न्यायिक समितिमा मेलमिलाप विवाद जम्मा २६, मेलमिलाप केन्द्रमा मेलमिलाप विवाद जम्मा ७३ वटा रहेको जानकारी दिईन् ।

Navadurga sun

१ वर्षको अवधिमा यस नगरपालिकामा लेनदेन, गाली-गलौज, कुटपिट, ढलनिकास, अश मुद्दा, जग्गा विवाद, गोरुको खुट्टामा चोट पुगाएको, श्रीमान श्रीमती बीच विवाद, सिमाना विवाद, घरमाथि छज्जा राखी असर गरेको, कोठा खोल्ने सम्बन्धमा, बाटो विवाद, ज्येष्ठ नागरिकको पालनपोषण तथा हेरचाह नगरेको, कुखुराको खोर बनाइ असर गरेको, घरको ठेक्का लिइ सम्पन्न नगरेको, ज्याला मजदुरी नदिएको, घर र किचनको नजिक झ्याल राखी असर गरेको, घर भाडा नदिएको, जग्गा भाडा नदिएको, बाली नोक्सानी, जग्गाको माटो झिकी विक्री गरेको, जग्गामा रहेको रुख विरुवाले असर गरेको, जस्ता मुद्दाहरु उक्त संख्यामा आएको जनाएको छ ।

ADD Khali jpg
Loading...