सुदूरपश्चिम सरकार : नाउपाका दुई मन्त्रीको शपथ भोलि

कैलाली- सुदूरपश्चिम प्रदेशमा सरकारमा सहभागी हुनेबारे नागरिक उन्मुक्ति र मुख्यमन्त्री कमलबहादुर शाहबीच वार्ता भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा मुख्य मन्त्री र नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरीलगायतका नेताबीच वार्ता भएको हो ।

Dadeldhura hospital

छलफलमा नागरिक उन्मुक्तिका रामेश्वर चौधरी र कैलाश चौधरीसहित केन्द्रीय उपाध्यक्ष सुनिता चौधरी सहभागी थिए । आजको छलफलमा भोलि ४ बजे नयाँ मन्त्रीको शपथ गराउने सहमति भएको नागरिक उन्मुक्ति संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

उनले भने, `आजको छलफल सकारात्मक भयो मुख्यमन्त्रीज्यूले भोलि ४ बजे सम्म शपथ गराउने भन्नुभएको छ ।´ नागरिक उन्मुक्तिले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीको नाम टुंग्याएको छ ।

 

Loading...