बाजुरा– मार्तडी–कोल्टी सडक अन्तरगत बडिमालिका नगरपालिका–९ बाउली खोलामा ट्याक्टर खोलाले बगाएको छ । ट्याक्टर सहित ड्राइभर समेत बेपत्ता भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।




जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार हिजो राती ११ बजे तिर कोल्टीबाट मार्तडी आउँदै गरेको से २ त ३२२५ नम्बरको ट्याक्टर करिब २० मिटर तल ढुगांमा अड्किएको अवस्थामा फेला परेको र चालक डुवनारायण चौधरी बेपत्ता भएको जनाएको छ ।


सो ट्याक्टर डोटी जिल्ला घर भई हाल सदरमुकाम मार्तडीका होलसेल व्यापारी पुष्प खड्काको रहेको प्रहरीले जनाएको छ । बेपत्ता रहेका ड्राइभर चौधरीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक कबिन्द्रसिहं बोहराले बताएका छन ।

