कैलालीबाट लागुऔषधसहित अपांगता भएका दम्पत्ति पक्राउ

Dadeldhura hospital

कैलाली- कैलालीको गोदावरीस्थित एक घरमा छापा मारेर लागुऔषधका कारोबारी अपांगता भएका दम्पत्ति पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका–५ गेटा बस्ने २० वर्षिया अनिता राना र उनका श्रीमान २४ वर्षीय अन्तराम रानालाई पक्राउ गरेको हो ।

Ganyapdhura gau

राना दम्पत्तिको घरमा खानतलासी गर्दा प्लाष्टिकको झोलाभित्र दुई ग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ । अन्तराम केही महिना पहिले चोरी प्रकरणमा परेका पनि प्रहरीको भनाई छ ।दम्पत्तिले भारतीय बजारबाट लागुऔषध ल्याएर बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

Loading...