धनगढी, ७ साउन- नेपाल पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशी कैलाली उद्योग वाणिज्य संघको प्रेस सल्लाहकारमा मनोनीत भएका छन् ।




कैलाली उद्योग वाणिज्य संघको आइतबार धनगढीमा बसेको चौधौ मासिक बैठकले सल्लाहकार समिति गठन गर्दै अध्यक्ष जोशीलाई संघको प्रेस सल्लाहकारमा मनोनीत गरेको हो ।


रुपेश स्वाँरको संयोजकत्वमा १२ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । यस्तै संघले कार्यसमितिमा दुई जना महिला सदस्य र दुई जना पुरुष सदस्यलाई पनि मनोनीत गरेको छ ।

