मृगौला पीडित महिलाको उपचारका लागि गाउँलेको सहयोग

डडेल्धुरा- डडेल्धुराकी एक मृगौला पीडित महिलालाई बचाउनका लागि गाउँलेले आर्थिक सहयोग जुटाउन सुरु गरेका छन्। आर्थिक अवस्था कमजोर भएकी डडेल्धुरा अजयमेरु गाउँपालिका-५ ओडिगाउकी पशुपतीदेवी खड्काको मृगौला सम्बन्धीको रोगको उपचारका लागि गाउँलेले नै जुटेर सहयोग जुटाइरहेका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

उनको एक मृगौला पुरै काम नलाग्ने भएको र अर्को मृगौलाको पनि चाडै अपरेसन गर्नुपर्ने भएकाले गाउँलेले सहयोग अभियान सुरु गरेका हुन्। लामो समयदेखि स्वास्थ्य उपचार गराई रहेकी उनको पारिवारको आर्थिक अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

Navadurga sun
Godawari sandesh

उनलाई सेती अस्पताल धनगढीले थप उपचारका लागि काठमाडौं टिचिङमा रिफर गरेको भए पनि आइतबार उनलाई वीर अस्पतालमा उपचार गर्ने स्थानीयले जनाएका छन्।

रिफर भएको लाम समयसम्म पनि आर्थिक समस्याका कारण बिरामीलाई उपचारका लागि काठमाडौं लैजान नसकेको बिरामीका आफन्त राजसिंह खड्काले बताए। हालसम्म एक लाख १० हजार जम्मा गरी बिरामीलाई बुझाएको उनको भनाइ छ।

Loading...