डडेल्धुरामा जङ्गली च्याउ खाँदा एक महिलाको मृत्यु

Dadeldhura hospital

डडेल्धुरा- डडेल्धुरामा जङ्गली विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका–२ स्थित सोही गाउँपालिकाको नयाँ भवन निर्माणमा संलग्न मजुरको विषालु च्याउ खाँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Ganyapdhura gau

बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका–७ बस्ने वर्ष ५० की राम दुलारी थारुले शुक्रवार साँझ जङ्गली च्याउ खाएकी थिइन् । च्याउ खाएपछि बिरामी राम दुलारीलाई डडेल्धुरा अस्पतालमा भर्ना गरिएको थियो । प्रहरीका अनुसार उपचारको क्रममा शुक्रवार राति उनको मृत्यु भएको हो ।

Loading...