धनगढी- कैलालीको चुरेमा सडक भत्किनुका साथै ठुलठुला खाल्डाखुल्डी परेका छन् । चुरेको सहजपुर देखि निगालीसम्मको सडकमा यात्रा गर्दा आफैँ सडक पन्छाएर यात्रा गर्नुपर्ने अवस्था रहेको छ । सडक मर्मतको लागि बर्षेनि लाखौँ रकम खर्च भए पनि सडकका अवस्था भने उस्तै छ । चुरे गाउँपालिका सहजपुर प्रतीक्षालय देखि चुरे गाउँपालिकाको कार्यालयसम्म आवत जावत गर्ने सेवाग्राहीहरूलाई सास्ती भइरहेको सामुदायिक बन उपभोक्ता महासघ चुरे गाउँपालिका अध्यक्ष करन साउँदले बताए । उनले आफ्नै व्यक्तिगत ६ लाख लगानीमा उक्त सडक मर्मत गरेका छन् । उक्त सडकको लम्बाई ६ किलो मिटर भन्दा बढी रहेको छ ।






सामुदायिक बन उपभोक्ता महासँघ चुरे गाउँपालिका अध्यक्ष साउँदले सडकको बेहाल र आवत जावतमा अवरोध पुगेपछि आफ्नो पहलमा निःशुल्क सडक मर्मत गरेर आवागमन सुचारु गर्ने पहल थालेका छन् । अध्यक्ष साउँदले आफ्नै स्रोतसाधनको प्रयोग गरेर भत्केको सडक मर्मत गर्नुका साथै खाल्डाखुल्डी परेका स्थानमा ग्राभेल हाल्ने काम गर्दै आएका छन ।

उनले भने “हाम्रो पालिका हामी बनाउँछौँ ” वर्षातको समयमा ठाउँ ठाउँमा सडक भत्किएर आवत जावतमै अवरोध सिर्जना हुँदा समेत गाउँपालिकाले मर्मतमा बेवास्ता गरेको स्थानीयले गुनासो गरेका छन् । साउदका अनुसार ‘कृषि सडकको हालत निकै खराब हुनुका साथै आवात जावतमा बाधा भएपछि भत्किएको सडक मर्मत गर्नुका साथै खाल्डा परेका स्थानमा ग्राभेल गरेर आवात जावत सुचारु भएको छ ।’

गाउँपालिकाले मर्मतमा बेवास्ता गरेपछि आफ्नै पहलमा करिब ६ लाख रुपैयाँ खर्चेर निःशुल्क रूपमा सडक मर्मत गर्ने काम भएको उनले बताए । मर्मतपछि अहिले सडकमा आवात जावत गर्न त्यति ठुलो समस्या नभएको उनले बताए । साउँदले आफ्नै स्रोत साधनमा सडक मर्मत गर्ने काम भएको बताए ।
सडक कालोपत्रे गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको भए पनि तत्कालका लागि मर्मतमा चासो नदिएपछि साउँद र स्थानीय प्रेम रानाले निःशुल्क रूपमा सडक सुचारु गर्न अग्रसर भएका छन् । चुरे गाउँपालिकाले पनि २ र४ जना मान्छे लगाएर सडक मर्मतको काम गरिरहेको भए पनि स्थानीय सरकारलाई सहयोग गर्न करन साउदले ५र७ लाख खर्च गरिरहेका स्थानीय प्रेम रानाले बताए । उनले भने “वास्तवमा एउटा युवाले गर्नु पर्ने काम उहाँले गर्न खोजी राख्नु भएको छ र गर्दै आउनु भएको छ । ”

