धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु

धनगढी- धनगढीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो।

आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...