धनगढीमा प्रहरीको टाइगर टोलीद्वारा भन्सार छलीको सामान गायब

धनगढी- धनगढीमा भन्सार छलीको सामान प्रहरीकै टाइगर टोलीले गायब गरेको आरोप लागेको छ। शनिवार साँझ बरामद भएको भन्सार छलीको सामान प्रहरीले नै गायब पारेको आरोप लागेको हो।

Ganyapdhura gau

शनिवार साँझ ५ देखि ६ बजेको समयमा धनगढी–२ फनपार्क नजिक चक्रपथबाट जिल्लाको टाइगर टोलीका हवलदार लालबहादुर चन्द र सागर लुहारको टोलीले भन्सार छलीको एक पोका सामान बरामद गरेका थिए।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

तस्करीमा संलग्न महिलाबाट बरामद गरिएको लत्ताकपडाको पोको भन्सार दाखिला नगरेर केही पर लगेर व्यापारीलाई नै बुझाइएको प्रत्यक्षदर्शीले बताएका छन्।

प्रदेश प्रहरी प्रमुख डिआइजी भरतबहादुर बोहराले तस्करीको सामानसँगै तस्करीमा संलग्नलाई समेत पक्रन दिएको निर्देशन कैलाली प्रहरीको टाइगर टोलीले अवज्ञा गरेको छ। तस्करीमा संलग्न महिलालाई उन्मुक्ति दिएपछि बरामद भएको सामान व्यापारीलाई नै जिम्मा लगाइएको दाबी स्रोतको छ।

यस विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दलाई बुझ्दा एकै दिनमा धेरै सामान बरामद गरेर ल्याइने भएकाले सर्वसाधारणले गरेको दाबी र लगाएको आरोपबारे यत्तिकै केही भन्न नसकिने बताए। उनले घटनाको बुझेर सत्यापन गर्ने बताएका छन्।

कैलाली भन्सारबाट सहजै भित्र्याइएको सामान रिङ रोड भएर व्यापारीकोमा लग्दै गर्दा टाइगर टोलीका हवल्दार चन्द र सिपाही लुहारले बरामद गरेको सामान जिल्ला प्रहरी कार्यालय र भन्सार दाखिला नगरिएको प्रत्यक्षदर्शीले बताए। तर उनले नाम उल्लेख गर्न नचाहेको बताए।

Loading...