कैलालीमा मोबाईल चोरी गर्ने चोर पक्राउ

कैलाली- कैलालीको अत्तरियाबाट मोबाईल चोरी गर्ने चोरलाई प्रहरीले पक्राउ गरेको छ। शुक्रवार बिहान अत्तरियास्थीत ओम मोबाइल ग्यालरीबाट एक लाख ५० हजार बराबरका मोबाइल चोरी गर्ने कंचनपुर कृष्णपुर नगरपालिका ५ गुलरियाका २१ बर्षिया भुबन भट्टलाई प्रहरीले पक्राउ गरेको हो।

Ganyapdhura gau
Dadeldhura hospital

सिसिटिभी फुटेजमा देखिएको हुलियाको आधारमा ७ घण्टापछि प्रहरीले उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

Navadurga sun
Godawari sandesh

ओम मोबाईल ग्यालरीका सञ्चालक हंशराज तिवारीले सिसिटीभि फुटेजमा देखिएको हुलियाको आधारमा प्रहरीले खोजतलासी गर्दा गोदावरी नगरपालिका ४ बाट भट्टलाई पक्राउ गरिएको बताए। ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरिक्षक (डिएसपी) गणेश बरालले जानकारी दिए।

उनका अनुसार खोजतलासीकै क्रममा भट्टलाई शंका लागि चेकजाँच गर्दा उनको साथबाट उक्त मोबाईल सहित एन्ड्रोईड मोबाईल ४ थान, किपेड मोबाईल १ थान, २३० मिलिग्राम लागुऔषध, १० हजार नगद र बैंक अफ काठमाण्डौका ३ वटा चेक फेला परेका छन। उनलाई नियन्त्रणमा लिएर थप अनुसन्त्रधान भैरहेको डिएसपी बरालले जानकारी दिए।

Loading...