जन्मदिनको अवसरमा मानबसेवा आश्रमलाई सहयोग

सन्तोष पाण्डेय /धनगढी – बडिकेदार क्षेत्र पर्यटन बिकास तथा ब्यवस्थापन समिति डोटीका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले आफ्नो ३० औं जन्मोत्सव धनगढीको मानबसेवा आश्रम लाई एक छाक खाना सहित आर्थीक सहयोग गरेर मनाएका छन्।

Ganyapdhura gau
Dadeldhura hospital

धनगढी स्थित तारानगरमा रहेको मानवसेवा आश्रममा साझको खाजा खुवाउनुको साथै ५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन्। अन्य फजुल खर्च गर्नु भन्दा असहायहरु को सेवा गर्न पाउँदा खुशी लागेको उनले बताए। असहायमा परेका नागरिकहरुको सेवा गर्नु धर्म हो भन्दै आगामी दिनमा आफुले सक्ने सहयोग मानव सेवा आश्रमलाई गर्ने बताए।

Navadurga sun
Godawari sandesh

यस्तै जन्म दिनको अबसरमा सिराडीले लामो समय देखि क्यान्सर रोगको उपचाररत बडिकेदार गाउँपलिका –५ थानकोटका प्रेमसिंह मल्लको उपचारमा थप सहजता होस भनी ५हजार ५सय ५५ रुपैयाँ आर्थिक सहयोग समेत गरेका छन्।

Loading...