डडेल्धुरामा बेवारिसे अवस्थामा भरुवा बन्दुक फेला

डडेल्धुरा- डडेल्धुरामा भरुवा बन्दुक फेला परेको छ। जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ मा सिद्धानाथ सामुदायिक वनभित्र बेवारिसे अवस्थामा बिहीबार साँझतिर भरुवा बन्दुक फेला परेको हो।

Dadeldhura hospital

सिद्धानाथ सामुदायिक वनभित्र जोगबुढा वन उपभोक्ता समिति र स्थानीयहरूले बोटबिरुवा वृक्षारोपण गर्ने क्रममा एक नाले भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेका थिए।

godawari10 Mahila hinsa
Navadurga sun

बन्दुक फेला परेपछि स्थानीयहरूले प्रहरीलाई जानकारी गराएका थिए। जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई उक्त भरुवा बन्दुक बरामद गरी नियन्त्रणमा लिएको छ। प्रहरीले सो सम्बन्धमा थप अनुसन्धान भइरहेको बताएको छ ।

 

 

Loading...